अपराधी जोगाउन खाेजे प्रतिवाद गर्ने चेतावनी
काठमाडाैं। एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले कुनै पनि बहानामा अपराधीलाई जोगाउने कार्य गरेमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका-५ बस्ने बर्ष ४० को शिबकुमार कार्की असार ३१ गते साँझदेखि चरौँदीको हुक्का बार रेस्टुरेन्टबाट बेपत्ता भएका छन्।
अपराधीलाई जोगाउने कार्य भए संगठनले नसहने चेतावनी दिँदै संघले शिवकुमार कार्की विगत २० दिनदेखि बेपत्ता हुँदा समेत हालसम्म कुनै पनि सत्य तथ्य सार्वजनिक नहुनेमा गम्भीर षड्यन्त्र हुन सक्नेमात्र नभई हत्या नै भएको हुन सक्ने आशंका व्यक्त गरेको छ।
संघका अध्यक्ष सुनिल तामाङद्वारा जारी ध्यानाकर्षण पत्रमा कुनै पनि बहानामा अपराधीलाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्न खोजे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment