सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

डिसी नेपाल
२२ साउन २०८० १६:४०
108
Shares

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित शीर्षनेताहरुको बैठक पुनः सुरु भएको छ । सोमबार दिउँसो बसेको बैठकमा सहमति नजुटेपछि पुनः बसेको हो ।

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएका छन् ।

यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि सहमति जुटाउन भन्दै पुनः बसेको हो । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेका लागि सारिएको थियो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.