संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा, सभामुखलाई बुझायो पत्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदन अवरुद्ध भएको दिनको सेवासुविधा नलिने घोषणा गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसद बैठक स्थगित भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएको हो।
प्रतिनिधिसभामा रहेका रास्वपाका उपसभामुखसहित २१ सांसदले कुनै पनि सेवाुविधा नलिने सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई पत्रमार्फत जानकारी गराएका छन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ।’,रास्वपाका सभापति रवि लामिछानेले सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, ‘साथै हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ।’
एमालेले विमानस्थलबाट पक्राउ गरिएको एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment