एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

डिसी नेपाल
२८ साउन २०८० १४:४३
392
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर प्रधानमन्त्री दाहालले  राजीनामा दिनुपर्ने बताएका हुन् ।

ओलीले प्रधानमन्त्री आफैंले जानेर राजीनामा दिनुपर्ने बताए । उनले वर्तमान सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसक्ने जिकिर गरे।

ओलीले भने , “भ्रष्टाचारको चाङमा उभिएर प्रधानमन्त्रीले म नेतृत्व गर्छु भन्न अफ्ठ्यारो मान्नुपर्ने हो ?”

एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । गृहमन्त्री र अर्थमन्त्रीको भूमिका शंकास्पद भएको भन्दै एमालेले छानबिन गर्न संसदीय समिति गठनको माग गरिएको बताइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *