जनमतकी अनिता देवी साहले सोमबार मन्त्रीको सपथ लिने

डिसी नेपाल
२८ साउन २०८० १९:२०
456
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन्।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ। सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको बताइएको हो।

जनमतले साहलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *