सुनिल शर्मालाई गलत समयमा पक्राउ गरियो : अर्जुननरसिंह केसी

डिसी नेपाल
३२ साउन २०८० १७:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंशुक प्रवृति हो की भन्ने प्रश्न उठेको समेत बताए ।

उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे । भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ ।

उनले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *