नेपाल सद्भावना पार्टी पुनः गठन

डिसी नेपाल
२ भदौ २०८० २२:३१
344
Shares

सप्तरी । नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा आज नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन भएको छ ।

राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको सो पार्टीले जनाएको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षहरुमा बालकेश्वर ठाकुर, उपाध्यक्षहरुमा रामपृत यादव, मिश्रीलाल मण्डल, महिला उपाध्यक्षमा भेडिहर चन्द्रिका, महासचिवमा दिनेश्वर झा, सहमहासचिवमा रामनरेश प्रसाद कोइरी, सहमहासचिवमा रविन्द्रकुमार चौधरी, सहमहासचिवमा मुरारीलाल कर्ण, सचिवमा रामकुमारी महतो, प्रवक्तामा नरेश यादव र कोषाध्यक्षमा सुनितादेवी महतोलाई चयन गरिएको अध्यक्ष यादवले बताए ।

यसैगरी सङ्घीय सदस्यहरुमा सहजाद मियाँ, सत्यनारायणप्रसाद रौनियार, अनिता ठाकुर, जीवछप्रसाद यादव, वृजेस पाण्डे, सुनिल यादव, रणधिर कर्णा, सुवि यादव, रामदहिन यादव, नन्दिनी झा, ललितादेवी महतो, रामनारायण यादव, अरुणलाल दास, लक्षणादेव यादव र वीरेन्द्रकुमार महतो रहेका छन् ।

नेसपाका अध्यक्ष रामकुमार महतो, महासचिव राजेन्द्र चौधरीलगायतले साउन १४ गते नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेको घोषणा गरेका थिए । सो घोषणामा असहमति राख्दै आएका पार्टी पदाधिकारीको बैठकले गरेको निर्णय आज जारी प्रेस विज्ञप्तिमा छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका पार्टी पदाधिकारीलाई पार्टीबाट निष्काशन गरिएको नेपाल सद्भावना पार्टीले सो प्रेस विज्ञप्तिमा जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *