समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं। समाजवादी मोर्चाको बैठक आज बस्दैछ। आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाइएको हो। सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही बिषय पनि छलफल हुने बताइएको छ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ। नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रविक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन्।







डिसी नेपाल







Facebook Comment