प्रचण्डको डरलाग्दो ओरालो यात्रा सुरु भयोः राप्रपा नेपाल महामन्त्री
काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैैलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन्।
तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन्।
‘राजनीति जीवनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए, अब उनले त्यो सम्पूर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा शुरु भैसकेको छ,’ महामन्त्री बर्ताैलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासँग सम्झौता गरे, आदर्श र बिधिका उनका कुरा फगत मिठो ‘गफ’मा सीमित रह्यो।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment