कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, सभाध्यक्षको दुरुपयोग

डिसी नेपाल
४ भदौ २०८० १८:१२
540
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनका क्रममा थापाको पक्षमा ४७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो । ९३ सांसद रहेको प्रदेशसभामा ७७ जना मात्रै मतविभाजनमा सहभागी भएका थिए ।

विश्वासको मतका क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको थियो ।

मतदानको समय सकिएपछि मत सच्चाउन समयकाबीच केहिबेर अर्का सांसदलाई सभाध्यक्षको जिम्मेवारी दिएर उनले मत दिएका थिए । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा गएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए । पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र कानुनी व्यवस्थाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.