प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

डिसी नेपाल
४ भदौ २०८० १९:३७
108
Shares

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.