सर्वदलीय बैठक : सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति
काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक गिरीले भने,‘तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’
उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।
उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।







डिसी नेपाल








Facebook Comment