कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्बिचार गरिने

डिसी नेपाल
५ भदौ २०८० ७:१०
80
Shares

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिबेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

साे पार्टीले यसअघि संबैधानिक राजतन्त्रकाे अजेन्डा छाडेकाे थियाे। तर, अब साे अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबकाे केन्द्रिय समितिमा ब्यापक छलफल हुनेछ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एबम बिभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रबक्ता बसन्तमान सिंह अधिकारीले बताए।

प्रबक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक बिषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने बिषयमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.