माधव नेपालको प्रतिवेदन : पश्चिमाहरुले रुसलाई युक्रेनविरुद्ध युद्धमा धकेले

डिसी नेपाल
५ भदौ २०८० १४:०१
104
Shares

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)को आजदेखि सुरु भएको पाँचौ केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधव कुमार नेपालले ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले पेश गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको विश्लेषण गर्दै र पार्टीको राजनीतिक धारणासहित विभाजनको औचित्य पुष्टि गर्ने आधार समेत प्रस्तुत गरेका छन्।

अध्यक्ष नेपालद्वारा केन्द्रीय कमिटिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा रुसलाई पश्चिमाहरुले युृद्धमा धकेल्न बाध्य पारेको आरोप लगाएका छन् ।

उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमि मुलुकहरुले नाटोको सदस्य राष्ट्रको संख्या र प्रभाव विस्तार गर्दै सामरिक क्षमता बढाउने ध्याउन्नमा युक्रेनलाई मोहरा बनाएर रुसलाई युद्धमा धकेलेको उल्लेख गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘शोभियत संघको विघटनपछि पश्चिमा मुलुकहरुले रुसलाई अपमानित गर्दै र घेर्दै युक्रेनविरुद्ध युद्धमा धकेलेका छन्। ’

उनको प्रतिवेदनमा युक्रेनको सार्वभौम सत्ताको बहानामा अत्याधुनिक हतियार पठाएर युद्धलाई अझै लम्ब्याउने प्रयास पश्चिमाहरुले गरिरहेको उल्लेख गरिएको छ ।यसबाट युरोपमा मात्रै होइन विश्वमा युद्धजनित प्रभाव पर्दै गएको माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनको विश्लेषण छ ।यसले विश्व शान्ति र आर्थिक विकासमा बाधा पुग्ने माधव नेपालको प्रतिवेदनको निष्कर्ष छ ।

‘युक्रेनको सार्वभौमसत्ताको बहानामा अत्याधुनिक सस्त्रासत्र युक्रेन पठाएर युद्धलाई अझै लम्ब्याउने प्रयास गरिरहेका छन् । यसबाट युरोपमा मात्रै होइन, विश्वभरि युद्धजनित प्रभाव पर्दै गएको छ।,’ प्रतिवेदनमा भनिएको छ, ‘विश्वशान्ति र आर्थिक विकासमा बाधा पुग्ने, खाद्यान्नको अभाव, महंगी, विश्व व्यापारम गिरावट, इन्धनको मुल्यमा वृद्धि, रोजगारीमा गिरावटमात्रै होइन विश्वव्यापी आर्थिक संकट आउने सम्भावना बढ्दै छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.