ओली अनुपस्थित भएपछि शीर्ष नेताहरुको बैठक स्थगित, बुधबार बस्ने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको शीर्ष नेताहरुको सर्वदलीय बैठक भोलि बुधबार बस्नेगरी स्थगित गरिएको छ।
प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।
सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै आज सर्वदलीय बैठक बस्ने तय भएको थियो।
गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment