प्रमुख दलका शीर्ष नेताकाे बैठक बस्दै

डिसी नेपाल
६ भदौ २०८० ७:५९
116
Shares

काठमाडौं। राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन।

शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता र व्यस्तताको कारण शीर्ष नेताको बैठक आज फेरि बस्ने भएको छ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको हिजोको बैठक स्थगित भएको छ। हिजो दिउँसो दुइ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाइ स्थगित भएको हो।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार बसेको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो। सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो।

कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरुको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *