प्रतिनिधिसभाको बैठक सुचारु, सांसदहरुले धारणा राख्ने क्रम जारी
काठमाडौं। प्रमुख प्रतिपक्षी एमालेको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको अडानले अवरुद्ध भएको सदन सुचारु भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरुबीच आज भएको दुई बुँदे सहमति पछि सदन सुचारु भएको हो ।
करिब एक महिना पछि सुरु भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । बुधबार ४ बजेदेखि जारी बैठकमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले जवाफ दिन लागेका छन्।
सुनतस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० देखि एमालेले सदन अवरुद्ध गर्दै आएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment