नेकपा एसको केन्द्रीय समितिको बैठक बस्दै, अध्यक्षले जवाफ दिएपछि आजै सकिँदै
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। मंगलबारदेखि सुरू भएको बैठकमा आज धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्नेछन्।
बुधबार बसेको बैठकमा ८१ जनाले सदस्यले आ-आफनो धारणा राखेका थिए।
अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो । केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment