रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुन सांसद डिपी अर्यालले जानकारी दिए।
संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिने उनले बताए।
संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ। चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment