रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

डिसी नेपाल
८ भदौ २०८० १९:५६
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केहि विषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले क्षमताले भ्याएसम्मको समितिको सभापतिमा उम्मेद्वारी दिने र अन्य समितिका विषयमा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रममा सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको उनले बताए ।

बैठकमा संसद बैठकमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने र देश र जनताको मुद्धाहरुलाई उठाउनका निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *