डुबेर बाँकेमा दुई जनाको मृत्यु
बाँके । खोला र पोखरीमा डुवेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको हो।
साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका थिए। उनलाई झन्डै १५ मिनेटपछि साथीहरूले पानीबाट निकालेको प्रहरीले जनाएको छ।
यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ। बैजनाथ गाउँपालिका– ३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताए।
उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका र दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment