रेशम चौधरीलाई प्रचलित कानुन बमोजिम कैद मिनाहा गरिएको होः प्रधानमन्त्री

डिसी नेपाल
१२ भदौ २०८० १३:४०
72
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई प्रचलित कानुन बमोजिम कैद मिनाहा गरिएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै उनले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उनले जनाए।

यस्तै, उनले गङ्गामाया अधिकारीको उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी गराए । गंगामायालाई मानवीय सेवा र संरक्षण दिइएको भन्दै प्रधानमन्त्री प्रचण्डले उनको स्वास्थ्य अवस्था समान्य रहेको पनि जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.