प्रधानमन्त्रीलाई सांसद ढकालकाे प्रश्न-गंगामायाको माग सम्बोधन कहिले गर्नुहुन्छ?

डिसी नेपाल
१२ भदौ २०८० १३:४२
336
Shares

काठमाडाैं। सांसद् एकनाथ ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोरोको हत्यारालाई कारबाही माग गरि विगत लामो समयदेखि अनशनमा बसेकी गंगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भनी प्रश्न गरेका छन्।

मंगलबार संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तगर्त प्रश्न राख्ने क्रममा सांसद् ढकालले प्रश्न गरे, ‘गोरखा फुजेल गाउँका नन्दप्रसाद अधिकारी छोरोको हत्यारालाई कारबाही माग अनशन बसेकै अवस्थामा २०७१ असोज ६ गते निधन भयो। विगत ९ वर्षदेखि उनको शरीर अस्पतालमा सडेको छ। उनकी श्रीमती पनि बेहाल अवस्था छ। गंगामायाको मागको सम्बोधन कहिले र कसरी गर्नुहुन्छ। शान्तिपूर्ण आन्दोलनमा रहेकी गंगामायालाई भेट्नु प्रधानमन्त्रीको कर्तव्य हो कि होइन? कहिले भेट्नुहुन्छ ?’

यसको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘गंगामायालाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइरहेका छन्। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारको लागि ३७ लाख ४७ हजार उपलब्ध गराएको छ जानकारी गराउँछु।’

प्रधानमन्त्रीले भने,’द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबीन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ।संक्रमणकालीन न्याय सम्बन्धी संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायको मुद्दाहरु सम्बोधन हुने कुरामा नेपाल सरकार विश्‍वस्त रहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.