युरोपियन युनियन र अमेरिकाले संक्रमणकालीन न्याय टुंग्याउन दिएनन्ः लिलामणि पोखरेल
महोत्तरी । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालीन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइरहेको बताएका छन्।
विशेषगरी युरोपियन युनियनले ऐन बनाउन नदिएको सचिव पोखरेलले दाबी गरे। युरोपियन युनियनसँगै अमेरिकी र प्रतिक्रियावादीसमेत यसमा लागिपरेको बताउँदै माओवादीहरुलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन वनाउन उनीहरु बाधक बनेको उनको तर्क छ।
रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्जसमेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएका छन्।
भूमण्डलीय राजनीतिको माध्यमबाट नेपाललाइ प्रयोग गर्ने उद्देश्यले अमेरिकीहरुले नेपालमा नयाँ सम्झौता गरेको बताउँदै सचिव पोखरेलले भने, एमसीसी सम्झौता अमेरिकाको यसैको परिणाम हो, त्यसैले मुलुकको राष्ट्रियता, अखण्डता माथि समस्या पैदा हुँदैछ।’
माओवादी जनयुद्ध लगायत अन्य राजनैतिक दलहरुसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment