पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
s[i0f dlGb/df nfda4 eQmhg
kf6g, @) ebf} M s[i0f hGdfi6dLsf] cj;/df kf6g b/af/ kl/ifbdf /x]sf]] s[i0f dlGb/df k"hfcr{gfsf nflu nfda4 eQmhgx? . tl:a M dfwjk|;fb l3ld/]÷/f;;
ललितपुर। ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।
हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment