उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छः मन्त्री रिजाल

डिसी नेपाल
२० भदौ २०८० १५:३८
20
Shares

ललितपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन्।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए। उनले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए।

“नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

कार्यक्रममा हस्तकला महसंघका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरे।

महासंघले आजदेखि आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दाहालले जानकारी दिइन्। मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको घरका सञ्चालक दीपक कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *