साउदी अरेबिया र इरानले एकअर्काको देशमा आफ्ना कूटनीतिज्ञ पठाए

डिसी नेपाल
२० भदौ २०८० १६:४२
56
Shares

काठमाडौं । इरान र साउदी अरेबियाले कूटनीतिक सम्बन्ध पुनःस्थापनापछि पहिलो पटक एक अर्काको देशमा राजदूत पठाएका छन् ।

साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले आफ्ना राजदूत अब्दुल्लाह बिन साउद अल-अन्जी तेहरान पुगेको जानकारी दिएको छ।

यसअघि इरानी राजदूत अलिरेजा इनायती रियाद पुगेका थिए । यहाँ साउदी अरबको विदेश मन्त्रालयका अधिकारीहरुले उनलाई स्वागत गरेका थिए ।

दुवै देशका राजदूतले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनु आफ्नो प्राथमिकता रहेको बताए ।

यस वर्षको मार्चमा चीनको मध्यस्थतामा इरान र साउदी अरेबियाले सन् २०१६ देखि टुटेको कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका थिए।

२०१६ मा, साउदी अरबमा एक शिया धार्मिक नेतालाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरू साउदी अरबको दूतावासमा प्रवेश गरे।

त्यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध तोडिएको थियो ।

इरानले जुनमा आधिकारिक रूपमा साउदी अरबमा आफ्नो दूतावास पुनः खोलेको थियो। यसपछि इरानले जेद्दाहमा आफ्नो व्यावसायिक दूतावास खोल्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *