पाकिस्तान र अफगानिस्तानको सीमामा गोली हानाहान
काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सीमामा गोली हानाहान भएपछि तोरखाम नाका बन्द गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यो खबर दिएको हो।
तोरखाम नाकामा गोली चलेको आवाज आएको र गोली हानाहान सुरु भएपछि मानिसहरु भागेको स्थानीयले बताएका छन् ।
यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूले नाम न छाप्ने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर कसैको मृत्यु नभएको बताए।
यो क्षेत्र अफगानिस्तानको नान्गाहार प्रान्तमा अवस्थित छ, जहाँ आधिकारिक प्रवक्ताले यस घटनाको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
यससँगै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
पाकिस्तान र अफगानिस्तानबीचको २६ सय किलोमिटर लामो सीमा रेखा विवादको विषय हो । र, पाकिस्तानबाट अफगानिस्तान जाने यात्रु र सामानहरू जाने ठाउँ तोरखाम सीमा नाका हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment