गीतकार नारायण भारतीको ‘ओ लभ्ली’ सार्वजनिक (भिडियो)
काठमाडौं। गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गीतकार नारायण भारतीको शब्द यो गीतमा रहेको छ।
अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन्। उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ।
यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन्। जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले।
कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment