कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

डिसी नेपाल
२४ भदौ २०८० १३:१२
140
Shares

काठमाडाैं। कोशी प्रदेशमा करिव १४ दिन रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ।

हिक्मतकुमार कार्की मुख्यमन्त्री भएपछि आइतबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।

कोशीमा राजनीतिक खिचातानीका कारण भदाै ११ गतेदेखि बजेट शून्य जस्तै भएको थियो। हिक्मत कुमार कार्की नेतृत्वको सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले आर्थिक र विनियोजन अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिश समेत गरेको थियो।

गत भाद्र १० गते सम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो। अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी रुपमा सहज भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *