सरकार टिकाउन होइन, भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन्।
सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।
भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment