प्रतिनिधिसभा बैठकमा नेम्वाङको निर्वाचन क्षेत्र रिक्त भएकाे जानकारी दिइने
काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन्।
जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधनपछि निर्वाचन क्षेत्र इलाम-१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ। नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशाेधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment