देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

डिसी नेपाल
३१ भदौ २०८० ११:४४
128
Shares

काठमाडाैं। चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा ठप्प पारिएको छ।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटको विरोध गर्दै संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गरेको हो।

डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ।

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्, जसका कारण उपचारका लागि स्वास्थ्य संस्था पुगेका विरामीहरु मर्कामा परेका छन्।

चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति राज्यले गर्न नसक्दा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको चिकित्सकहरुले जनाएका छन्।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

त्यसलगतै दोषिलाई कारवाही गर्नुपर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *