शिक्षा मन्त्रीले बोलाएको वार्तामा शिक्षक गएनन्
काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न बोलाइएको वार्तामा शिक्षक अनुपस्थित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजका लागि बोलाइएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि अनुपस्थित भएका हुन्।
शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आह्वान गरिए पनि मन्त्रालयको एकल प्रयत्नमा विधेयकमा परिमार्जन सम्भव नभएको भन्दै उनीहरू अनुपस्थित भएका हुन्। महासंघले दिएका सुझाव समावेश नगरी संसद्मा विधेयक पेस गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाउँदै आएका छन्। महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ।
आफूहरू भोलिदेखि दबाबमूलक आन्दोलनमा उत्रने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माग सम्बोधन गराउन असोज ३ गते काठमाडौंमा भेला भई बृहत् आन्दोलनको तयारी शिक्षकले गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment