शिक्षा विधेयकविरुद्ध आजबाट जनचेतनामूलक कार्यक्रम

डिसी नेपाल
४ असोज २०८० ६:३४
76
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध विहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।

संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ गते विहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गराएको छ।

संघले विद्यालयको पढ्न पाउने अधिकारलाई कुन्ठित नगर्न अन्य शिक्षक संगठनहरुलाई अनुरोध पनि गरेको छ।

नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले बुधबारदेखि अनिश्चितकालिन विद्यालय बन्द घोषणा गरी काठमाडौं केन्द्रित विरोध कार्यक्रमको घोषणा सुरु गरिसकेका छन्।

शिक्षक संघको आन्दोलनप्रति विमति नभएकाे जनाउँदै संघले तर अनिश्चितकालिन बन्द प्रति भने विमति रहेकाे जनाएकाे छ। उसले अनिश्चितकालिन विद्यालय बन्द नगर्न आन्दोलनकारी संगठनसँग अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *