‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज
काठमाडाैं। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ।
बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ। सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो।
निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए। फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव र इश्वर कोजु हुन्। फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।
मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सनको काम भैरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ। सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment