सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन

डिसी नेपाल
४ असोज २०८० १०:१६
92
Shares

काठमाडौं। संसदमा टेबल गरिएको शिक्षा विधेयक २०८० को विरुद्धमा आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सहित शिक्षक महासंघको प्रतिनिधिमण्डलसॅग शिक्षक आन्दोलनको सवालमा गृहमन्त्रालयमा छलफल गरेका हुन्।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए।

साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन गृहमन्त्री श्रेष्ठले छलफलमा  विशेष जोड दिए।

आज भएको पहिलो चरणको वार्ता परिणाममु्खी नभएपनि छलफल जारी रहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.