नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन्।
पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन्। महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितीबाट गराएका छन्।
महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन्।
आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै थापाले राजा प्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिब्यक्ती दिएका छन्।
थापाले सबै गुनासो, चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको ब्यबस्थाको बिकल्प खोज्ने समेत बताएका छन्। सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशब्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन्।
उनले आज ट्विट मार्फत भनेका छन्, “राजा प्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ। तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तीका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment