गणपूरक संख्या नपुगेपछि संसदीय समितिकाे बैठक स्थगित
काठमाडाैं। गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केही संसदीय समितिहरु स्थगित भएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समिति गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।
शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन्। विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ।
स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment