डिसी नेपालका प्रधान सम्पादक भट्टराई र समाचार सम्पादक कोइरालालाई प्रेस काउन्सिल पुरस्कार

डिसी नेपाल
४ असोज २०८० २२:०४
2.2k
Shares

काठमाडौं। प्रेस काउन्सिलले आफ्नो ५४ औं वार्षिकोत्वसको अवसरमा विभिन्न सम्मान र पुरस्कारको घोषणा गरेको छ।

काउन्सिलले डिसी नेपालका प्रधान सम्पादक चूडामणि भट्टराई र समाचार सम्पादक मदन कोइरालालाई पुरस्कार दिने निर्णय गरेको छ। प्रधान सम्पादन भट्टराईलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार र समाचार सम्पादक कोइरालालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रेस काउन्सिल शसक्त सञ्चारकर्मी पुरस्कार डिसी नेपालका प्रधान सम्पादक भट्टराईसँगै नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले पाएका छन्।

यसैगरी काउन्सिलले यो वर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन्। उक्त पुरस्कारको राशी एक लाख ५१ हजार रहेको छ।

काउन्सिलले २०५७ सालमा पहिलो पटक गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो।

यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई दिने निर्णय गरेको छ। उक्त पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ रहेको छ।

प्रेस काउन्सिलले आफ्नो स्थापनाको ५४ वर्ष पुगेको अवसरमा असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलेको उपस्थितिमा पुरस्कार प्रदान गर्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *