शिक्षक र सरकारबीचको सहमतिमा राहत शिक्षकको असहमति, आन्दोलन जारी राख्ने चेतावनी
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षक महासंघ र सरकारबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सहमतिमा राहत शिक्षकहरुले आफुहरुको मागमा चासो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शिक्षक र सरकारबीच भएको छलफलमा आफूहरुको माग सम्बोधन नहुने भएपछि नेपाल राहत शिक्षक संघतर्फका प्रतिनिधि बीचमै बैठक छाडेर बाहिरिएका थिए । नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले ४० हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग पुरा हुन नसकेपछि बैठकबाट उठेर हिँडेको बताए ।
योसँगै राहत शिक्षकहरुले शिक्षक महासंघबाट बाहिरिने चेतावनी दिँदै माइतीघरमा आन्दोलन जारी राख्ने बताएका छन् ।







डिसी नेपाल








Facebook Comment