क्यानको अध्यक्षमा चन्दको एकल उम्मेदवारी, दोहोरिने निश्चित
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहोरिने भएका छन्।
भावी अध्यक्षको कार्यकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन्।
बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः निर्वाचित हुन लागेका हुन्।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्न लागेका हुन ।
उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ। अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता गराईनसकेकाले उनी नै सर्वसम्मत हुने सम्भावना देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment