कांग्रेस निकट मुस्लिम संघको महाधिवेसन आजबाट
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको महाधिवेशनको आज उदघाटन हुँदैछ।
मुस्लिम संघको महाधिवेशनको उदघाटन आज राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन असोज ८ गतेसम्म सञ्चालन हुनेछ।
मुस्लिम संघका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।
भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment