ई: सँगै उभिएर कमल थापाले भने-‘मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ’
काठमाडौं। जवाफदेहीताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक्यवद्धता जनाएका छन्।

थापा राष्ट्रिय सभा गृहको गेटमा उभिरहेका ई: भएको स्थानमा पुगेर सँगै उभिएका थिए।
थापाले “मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ। ई: ले उठाएका मुद्दा जायज छन्। “सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ” भन्ने प्ले कार्ड छातीमा टासेका थिए।

थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजंग भण्डारी, किसान संगठनका महासचिब जनक फडेरालगायत उपस्तिथ रहेका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment