फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण हुँदै

डिसी नेपाल
९ असोज २०८० १२:१७
92
Shares

काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ।

लिम्बु भाषा संस्कृतिमा आधारित फिल्मको छायांकन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले जनाएको छ।

फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार फिल्ममा विशेष गरि लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ।

फिल्ममा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पुर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ।

सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने फिल्ममा पुर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ। फिल्मको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *