बसन्तपुरमा लिंगाे ठड्याइयो, इन्द्रजात्रा सुरु (फाेटाेफिचर)

सिमाेन पाैडेल
९ असोज २०८० १२:३९
108
Shares

काठमाडौं। नेपाल पञ्चाङ निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ। समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।

इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिंगाे काटिएको थियो। यही असोज ६ गते लिंगाेलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो। आज लिंगाेलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *