तारा अधिकारीको संयोग सार्वजनिक

डिसी नेपाल
११ असोज २०८० ११:५४
36
Shares

काठमाडौं। गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक भएको छ।

सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् । भिडियोको छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् ।

सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ ।

गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शकश्रोतामाझ ल्याउन सकेकी थिइनँ । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ,’- गीतकार तथा निर्देशक अधिकारीले बताइन्।

गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि अब्बल हुने तयारीमा छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *