सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद

डिसी नेपाल
११ असोज २०८० १२:५२
796
Shares

सर्लाही। सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट बरामद गर्दै तीनजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरुलाई घाटबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीको भनाइ छ।

परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो।

संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले भनेको छ। युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *