अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीत ‘मनको धनी’ सार्वजनिक

डिसी नेपाल
१२ असोज २०८० ११:३७
192
Shares

काठमाडाैं। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ।

जात धर्म र धन ले साचो प्रेम लाई छेक्दैन दुइ धर्म बीच मा भएको प्रेम पछी जन्मिएको बच्चाको सुन्दर कहाँनी समेटिएको गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ। गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ।

भौतिक सम्पन्नताभन्दा मनको सम्पन्नताको वकालत गर्ने गीतको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ।

अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियोले जात र धर्मभन्दा मानवता ठूलो भन्ने र दुइ धर्म बिचमा भएको प्रेम मा सधै फाटो आइरहेको हुन्छ एउटाले अर्को लाई न स्विकार्ने अवस्था बनेको हुन्छ त्यस्को मध्यमार्गी धार देखिन्छ्, उक्त गीत मा समस्या मात्रै देखाइएको छैन समाधानको विषयलाई पनि सुन्दर शैलीमा प्रस्तुत गरिएको छ।

गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।चलचित्रमा संगीतमा सर्वाधिक रुचाइएका संगीतकार अर्जुन पोखरेलका सुगम संगीतले पनि उत्तिकै माया पाउने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.