प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिष्कार

डिसी नेपाल
१४ असोज २०८० ११:२३
388
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ।

रास्वपा सभापति  रवि लामिछानेले चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

उनले मूल्यवृद्धि आफूहरुको गम्भीर आपत्ति रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकपनि मूल्यवृद्धिकै कारण बहिष्कार गरेको उल्लेख गरेका छन्।

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौं। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

प्रधानमन्त्री आज सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *